ह्वाइट हाउसको प्रतिबन्धविरुद्ध तीन सञ्चारमाध्यम अदालतमा


२०८३ असोज ६ मंगलबार ०७:३५ बजे
फाइल फोटो

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले ह्वाइट हाउसको रिपोर्टिङमा रोक लगाएपछि सीएनएन, एमएस नाउ र पोलिटिकोले प्रशासनविरुद्ध संयुक्त रूपमा मुद्दा दायर गरेका छन्। तीनवटै सञ्चारमाध्यमले आफूहरूमाथि गरिएको छनोटपूर्ण प्रतिबन्ध अमेरिकी संविधानको प्रथम संशोधनले सुनिश्चित गरेको प्रेस स्वतन्त्रताको उल्लङ्घन भएको दाबी गरेका छन्।

गत शुक्रबार ट्रम्प प्रशासनले ती सञ्चारमाध्यमलाई ह्वाइट हाउसको कभरेजबाट रोक्ने निर्णय गरेको थियो। त्यसको भोलिपल्ट उनीहरूका पत्रकारको प्रवेश अनुमति रद्द गरिएको थियो। त्यसपछि सोमबार तीनवटै संस्थाले अदालतमा मुद्दा दायर गरेका हुन्। मुद्दामा सञ्चारमाध्यमहरूले राष्ट्रपति वा कुनै पनि सरकारी अधिकारीले आफ्नो रिपोर्टिङको सामग्री मन नपरेको आधारमा प्रेसलाई सूचना वा प्रक्रियाबिना प्रथम संशोधनअन्तर्गतका अधिकार र स्वतन्त्रताबाट वञ्चित गर्न नसक्ने तर्क गरेका छन्।

प्रतिबन्धपछि सीएनएन, एमएस नाउ र पोलिटिकोका पत्रकारलाई ह्वाइट हाउस परिसरमा रिपोर्टिङ गर्न रोक लगाइएको छ। सोमबार सीएनएनलाई प्रमुख टेलिभिजन नेटवर्कहरूले संयुक्त रूपमा सञ्चालन गर्ने ‘पूल ड्युटी’ बाट समेत हटाइएको थियो।

यसअघि राष्ट्रपति ट्रम्पले ती सञ्चारमाध्यमले आफूलाई मन नपरेका समाचारलाई ‘फेक न्यूज’ भन्दै आलोचना गर्दै आएका छन्। ट्रम्पले आफ्नो ट्रुथ सोसल पोस्टमा प्रशासनले स्वतन्त्र प्रेसविरुद्ध नभई आफूले ‘फेक न्यूज’ ठानेका सामग्रीविरुद्ध अभियान सञ्चालन गरिरहेको दाबी गरेका छन्। ह्वाइट हाउसले मुद्दाबारे टिप्पणीका लागि गरिएको अनुरोधमा तत्काल प्रतिक्रिया नदिएको जनाइएको छ।

घटनाले अमेरिकी सरकार र सञ्चारमाध्यमबीचको सम्बन्ध तथा संविधानको प्रथम संशोधनले सुनिश्चित गरेको प्रेस स्वतन्त्रताको सीमासम्बन्धी बहसलाई थप चर्चामा ल्याएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७