एकैदिन २ हजार ८ सयले बढ्यो सुनको मूल्य
काठमाडौं : स्थानीय बजारमा बुधबार सुनको मूल्य प्रतितोला २ हजार ८०० रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार ३०० रुपैयाँ पुगेको छ। मंगलबार सुन प्रतितोला २ लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले बढेको छ। बुधबार चाँदी प्रतितोला ४ हजार ४२५ रुपैयाँ कायम भएको छ। मंगलबार यसको मूल्य ४ हजार ३९५ रुपैयाँ थियो।
.gif)

.png)


