अर्थमन्त्री वाग्ले स्वदेश फर्किए : नेपाल बन्यो एआईआईबीको उपसभापति


२०८३ असोज १४ बुधबार १३:५९ बजे

काठमाडौं : एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपसभापतिमा नेपाल पहिलो पटक निर्वाचित भएको छ। 

एआईआईबीको वार्षिक बैठकमा सहभागी भएर अर्थमन्त्री डा.स्वर्णिम वाग्ले बुधबार स्वदेश फर्किएका छन्। कतारको दोहामा भएको बैंकको वार्षिक बैठकले गभर्नर परिषद्का गभर्नरसमेत रहेका वाग्लेलाई सन् २०२६–२७ का लागि उपसभापतिमा निर्वाचित गरेको हो।

नेपाल क्षेत्रीय सदस्य राष्ट्रमध्येबाट उपसभापतिमा निर्वाचित भएको अर्थ मन्त्रालयले जनाएको छ। नेपालको पूर्वाधार विकासमा एआईआईबीको लगानी विस्तार, प्रविधि हस्तान्तरण तथा सदस्य राष्ट्रबीचको सहकार्य बढाउन यसबाट थप अवसर सिर्जना हुने मन्त्रालयको भनाइ छ।

बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले असोज १० गते कतारको राजधानी दोहा गएका थिए। भ्रमणका क्रममा नेपालको महत्त्वपूर्ण पूर्वाधार विकासका लागि बैंकको लगानी विस्तार तथा प्रविधि र सहकार्यका विषयमा छलफल भएको उनको सचिवालयले जनाएको छ।

वाग्ले कतार एयरवेजको जहाजमार्फत काठमाडौं फर्किएका हुन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७