आज चेपाङको न्वागी पर्व : तीन जिल्लामा बिदा


२०८३ भदौ २२ सोमबार ०९:११ बजे
फाइल फोटो

काठमाडौं : चेपाङ समुदायको प्रमुख पर्व न्वागी (छोनाम) को अवसरमा बागमती प्रदेश सरकारले आज सोमबार तीन जिल्लामा सार्वजनिक बिदा दिएको छ। प्रदेश सरकारले चितवन, मकवानपुर र धादिङ जिल्लामा भदौ २२ गते सार्वजनिक बिदा दिएको हो।

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले भदौ १८ गते राजपत्रमा सूचना प्रकाशित गर्दै न्वागी पर्वका अवसरमा यी तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। बिदाका कारण तीनवटै जिल्लाका प्रदेश सरकारअन्तर्गतका सरकारी कार्यालय तथा सार्वजनिक निकायमा नियमित सेवा प्रभावित हुनेछन्। स्थानीय तह तथा अन्य कार्यालयमा भने सम्बन्धित निकायले गरेको निर्णयअनुसार सेवा सञ्चालन हुने व्यवस्था छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७