आइतबार र शनिबार सार्वजनिक बिदा दिने सरकारको निर्णय
काठमाडौं : सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । उक्त निर्णय भोलि (चैत २३ गते) देखि लागू हुनेछ ।
सरकारी कार्यालय तथा शैक्षिक संस्थामा लागू हुने गरी दुई दिन बिदा दिने व्यवस्था गरिएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
पेट्रोलियम आपूर्तिमा सहजताका लागि चैत २३ गतेदेखि लागू हुनेगरि सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्था शनिबार र आइतबार बिदा दिने निर्णय भएकाे सरकारका प्रवक्ता पाेखरेलले जानकारी दिए ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।
.gif)

.png)

