स्याउलाको छाप्रोमा बसिरहेका चेपाङ परिवारलाई श्रम संस्कृति पार्टीले बनाइदियो पक्की घर


२०८३ बैशाख ५ शनिबार १४:३३ बजे

काठमाडौँ : मकवानपुरको राक्सिराङ गाउँपालिका–३ लावतीस्थित निशामाया चेपाङको परिवारले नयाँ घर पाएको छ । घर जलेपछि स्याउलाको छाप्रोमा बस्दै आएको परिवारलाई श्रम संस्कृति पार्टी मकवानपुरले नयाँ घर निर्माण गरेर उपलब्ध गराएको हो।

गाउँपालिका अध्यक्ष राजकुमार मल्ल र पार्टीका जिल्ला अध्यक्ष युनेश लामा सिन्तानले परिवारलाई गृहप्रवेश गराएका छन्। करिब १० धुर जमिनमा कार्यकर्ताको श्रमदान र चन्दा संकलनमार्फत जस्तापाताको छाना भएको दुई कोठे घर निर्माण गरिएको हो। घर निर्माणमा श्रमदानसहित करिब २ लाख ५ हजार रुपैयाँ खर्च भएको जनाइएको छ।

गत चैत ४ गते आगलागी हुँदा निशामायाको घर पूर्णरूपमा जलेको थियो। उक्त घटनामा करिब ६ लाख रुपैयाँ बराबरको क्षति भएको थियो। त्यसपछि परिवार खोरियामा स्याउलाको छाप्रो बनाएर बस्दै आएको थियो।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७