आठ विश्वविद्यालयमा उपकुलपतिका लागि दरखास्त खुला, एकीकृत कार्यविधिअनुसार छनोट गरिने
काठमाडौँ, २५ वैशाख : नेपालका विभिन्न आठवटा विश्वविद्यालयमा रिक्त रहेका उपकुलपति पदपूर्तिका लागि औपचारिक रूपमा दरखास्त आह्वान गरिएको छ। उपकुलपति छनोट तथा सिफारिस समितिले एकैपटक ठुलो सङ्ख्यामा रहेका रिक्त पदहरूका लागि योग्य उम्मेदवारहरूबाट आवेदन माग गरेको हो।
समितिले त्रिभुवन विश्वविद्यालय पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयका लागि आवेदन खुला गरेको जानकारी दिएको छ।
यस पटकको छनोट प्रक्रियालाई थप व्यवस्थित र पारदर्शी बनाउन समितिले ‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३’ तयार पारेको छ। उक्त कार्यविधि र आवेदन सम्बन्धी विस्तृत विवरण शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आधिकारिक वेबसाइटमा सार्वजनिक गरिएको समितिले जनाएको छ। उम्मेदवारहरूले सोही कार्यविधिमा तोकिएको योग्यता र मापदण्डका आधारमा आफ्नो दरखास्त पेश गर्नुपर्नेछ।
.gif)

.png)

