विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन
काठमाडौं : प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएपछि शिक्षा मन्त्रालयले विश्वविद्यालयअन्तर्गत भदौ १३ गतेदेखि सञ्चालन हुने सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ।
मन्त्रालयले विद्यार्थी, अभिभावक तथा सर्वसाधारणको दैनिक जीवन प्रभावित भएको वर्तमान विषम परिस्थितिलाई ध्यानमा राख्दै विश्वविद्यालयहरूलाई परीक्षा स्थगित गर्न निर्देशन दिएको हो। मन्त्रालयका अनुसार विपद्का कारण आवतजावत तथा अन्य समस्याका कारण परीक्षामा सहभागी हुन कठिनाइ हुनसक्ने भएकाले यस्तो निर्णय गरिएको हो।
यसैगरी, भदौ १२ गते निर्धारित परीक्षामा विभिन्न कारणले सहभागी हुन नसकेका परीक्षार्थीका लागि उपयुक्त समयमा पुनः परीक्षा सञ्चालन गर्न पनि मन्त्रालयले सम्बन्धित निकायलाई निर्देशन दिएको छ।
.gif)

.png)

