सरकारले गर्यो इन्जिनियरसहित ३४ प्राविधिक अधिकृतको सरुवा
काठमाडौं : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न सेवा तथा समूहका ३४ जना राजपत्राङ्कित तृतीय श्रेणीका प्राविधिक अधिकृतको सरुवा तथा कामकाज तोकेको छ।
मन्त्रालयले बुधबार गरेको निर्णयअनुसार इन्जिनियर, केमिस्ट, कम्प्युटर इन्जिनियर तथा अधिकृत, खाद्य अनुसन्धान अधिकृत, वातावरण निरीक्षक, पुस्तकालय तथा मुद्रण अधिकृतलगायत प्राविधिक कर्मचारीको जिम्मेवारी हेरफेर गरिएको हो।
मन्त्रालयका अनुसार सरुवा हुने कर्मचारीहरू संघ, प्रदेश तथा विभिन्न सरकारी निकायमा कार्यरत छन्। उनीहरूलाई विभिन्न मन्त्रालय, विभाग, आयोग तथा अन्य सरकारी निकायमा सरुवा गरिएको छ।
सरुवा सूचीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पूर्वाधार विकास मन्त्रालयलगायतका निकायमा खटाइएका कर्मचारीसमेत छन्। केही अधिकृतलाई सरुवासँगै विभिन्न कार्यालयमा काजमा समेत खटाइएको मन्त्रालयले जनाएको छ।
हेर्नुहोस्, को कहाँ पुगे ?
.gif)

.png)

