युवापुस्ताको नेतृत्व र गणतन्त्रको आधारस्तम्भ संस्थागत भएको छ : राष्ट्रपति पौडेल


२०८२ चैत २७ शुक्रबार १५:४६ बजे

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रका आधारस्तम्भ संस्थागत भइसकेको बताएका छन्।

शुक्रबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले भने ‘संघीय लोकतान्त्रिक गणतन्त्रका आधारस्तम्भहरू संस्थागत भएका छन्।’ 

राष्ट्रपति पौडेलले अब यी आधारमा जनकल्याणकारी काम अघि बढाउनुपर्ने उल्लेख गर्दै त्यसका लागि संसद्ले प्रभावकारी कानुन निर्माणमा जोड दिनुपर्ने बताए।

उनले फागुन २१ गते सम्पन्न निर्वाचनबाट युवापुस्ताको नेतृत्व विकास भएको पनि बताए। 'निर्वाचनमार्फत नेपालको संसदीय इतिहासमा नै अभूतपूर्व रूपमा युवावर्गको प्रतिनिधित्वसहितको प्रतिनिधिसभा गठन भई नयाँ सरकारले कार्य प्रारम्भ गरिसकेको छ,' उनले भने, 'यसले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीमा युवापुस्ताको आकर्षण, विश्वास, सहभागिता र नेतृत्व विकास भएको स्पष्ट सन्देश दिएको छ ।'

राष्ट्रपति पौडेलले निर्वाचित जनप्रतिनिधिहरूलाई बधाई दिँदै अन्तरिम सरकारको जिम्मेवारी पूरा गरेको भन्दै तत्कालीन प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्लाई धन्यवाद पनि व्यक्त गरे।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७