राष्ट्रपति पौडेलसँग भीष्मराज आङ्देम्बेले गरे एक घण्टा लामो भेटवार्ता


२०८३ श्रावण ११ सोमबार १५:३३ बजे

काठमाडौं :  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे ले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्। आङ्देम्बेले सोमबार बिहान शीतलनिवास पुगेर राष्ट्रपति पौडेलसँग करिब एक घण्टा भेटवार्ता गरेका हुन्।

भेटमा समसामयिक राजनीतिक परिस्थिति, संसदीय गतिविधि तथा संसद्को प्रभावकारिताबारे छलफल भएको आङ्देम्बेको सचिवालयले जनाएको छ।

भेटका क्रममा आङ्देम्बेले देशका विभिन्न स्थानमा गएको बाढीपहिरो, प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाको अवस्थाबारे पनि राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए।

राष्ट्रपति पौडेलले राजनीतिक स्थिरताको आवश्यकता औंल्याउँदै प्रभावकारी कानुन निर्माणका लागि संसद्को भूमिका अझ सशक्त हुनुपर्नेमा जोड दिएका थिए।

त्यस्तै, बाढीपहिरो प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा सरकार, राजनीतिक दल तथा सम्बन्धित सबै पक्षबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको राष्ट्रपति पौडेलले बताएका थिए।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७