रेशम चौधरीको प्रश्न : गणतन्त्रसँग हिन्दु धर्म किन साटियो ?


२०८३ असोज १८ आइतबार १६:५४ बजे

काठमाडौं : राष्ट्रिय जनमुक्ति पार्टीका संस्थापक रेशमलाल चौधरीले १९ दिने जनआन्दोलनमा गणतन्त्रसँग हिन्दु धर्म साटिएको भन्दै नेपाली कांग्रेसलाई प्रश्न गरेका छन्।

कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै चौधरीले जनआन्दोलनमा कांग्रेस सभापति गगन थापाले टाउकोमा कफन बाँधेर गणतन्त्रको नारा लगाएको भन्दै प्रशंसा गरे। आफू पनि उक्त आन्दोलनमा सहभागी भएको उनले बताए।

‘गगनजी, त्यो आन्दोलनमा हामीले पनि लाठी खायौँ । पानीको फोहरा खायौँ । देशमा गणतन्त्र ल्यायौँ । तर, एउटा अनौठो संयोग छ । १९ दिने आन्दोलनमा गणतन्त्रसँगै मेरो धर्म किन साटियो ?’ उनले प्रश्न गरे।

चौधरीले पहिचानसँग कुनै पनि कुरा साट्न नपाइने बताए। ‘हाम्रो पहिचानसँग कुनै कुराको साटफेर गर्न पाइँदैन । हाम्रो दशैंको जमरासँग कुनै चिजको साटफेर गर्नेवाला छैनौँ,’ उनले भने।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७