अस्वस्थता र ‘निम्तो विवाद’ का बीच गणतन्त्र दिवसमा प्रचण्ड अनुपस्थित
काठमाडाैं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्वस्थ भएका छन्। उनलाई रुघाखोकी र ज्वरो आएको उनका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए।
आचार्यका अनुसार बिहीबारदेखि नै अस्वस्थ रहेका प्रचण्डलाई राति ज्वरो आएपछि चिकित्सकहरूको सुझावबमोजिम उनी खुमलटारस्थित आफ्नै निवासमा आराम गरिरहेका छन्। स्वास्थ्य समस्याकै कारण उनी शुक्रबार सैनिक मञ्च टुँडिखेलमा आयोजित १९औँ गणतन्त्र दिवस २०८३ को मूल समारोहमा समेत सहभागी भएनन्।
यसैबीच, प्रचण्डको अनुपस्थितिलाई लिएर राजनीतिक वृत्तमा निम्तो विवादको चर्चासमेत सुरु भएको छ। स्रोतका अनुसार पूर्वप्रधानमन्त्री जस्तो गरिमामय पदमा रहेका प्रचण्डलाई उक्त राज्यस्तरको महत्त्वपूर्ण समारोहमा उपस्थित हुनका लागि सरकारका तर्फबाट औपचारिक निम्तो समेत नपुगेको बताइएको छ। अस्वस्थता र निम्तोको अभाव दुवै कारणले उनी यसपालिको गणतन्त्र दिवस समारोहमा नदेखिएका हुन्।
.gif)

.png)


