आज पनि घट्यो शेयर बजार
काठमाडौँ : सोमबार सेयर बजारले निरन्तर ओरालो यात्रा जारी राख्यो। कारोबारको दोस्रो दिन नेप्से परिसूचक ४७.७१ अंकले घटेको छ। नयाँ सरकार गठन भएपछिका दुई दिनमा नेप्सेले ११९ अंक गुमाएको छ । अघिल्लो दिन परिसूचक ७१ अंकले घटेको थियो।
आजको कारोबारपछि नेप्से २८३१ अंकमा झरेको छ । बजार खुलेपछि मध्य समयसम्म स्थिर देखिए पनि त्यसपछि तीव्र गिरावट आयो। कारोबार रकम पनि घटेको छ। अघिल्लो दिन १५ अर्ब ३ करोड रुपैयाँको कारोबार भएकोमा आज १२ अर्ब ९६ करोडमा झरेको छ। आज २६ कम्पनीको मूल्य बढ्दा २३७ कम्पनीको मूल्य घटेको छ भने ५ कम्पनीको मूल्य स्थिर रहेको छ।
समूहगत सूचक सबैमा गिरावट देखिएको छ। व्यापार समूह सबैभन्दा धेरै २.५६ प्रतिशत घटेको छ। बैंकिङ १.८६, विकास बैंक १.२४, फाइनान्स २.००, होटल तथा पर्यटन १.१८, हाइड्रोपावर १.९३, लगानी १.५९, जीवन बीमा १.४०, उत्पादन तथा प्रशोधन ०.२१, माइक्रोफाइनान्स १.३०, निर्जीवन बीमा १.८२ र अन्य समूह २.१३ प्रतिशत घटेका छन्।
आज रिलायन्स स्पिनिङ मिल्स, सुपरखुदी हाइड्रोपावर, रिजलाइन इनर्जी, सूर्यकुन्ड हाइड्रोइलेक्ट्रिक, भुजुङ हाइड्रोपावर र होटल फरेस्ट गरी ६ कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ।
सबैभन्दा धेरै मूल्य घट्नेमा सोलु हाइड्रोपावर ७.७९, युनिक नेपाल लघुवित्त ७.२३, सीवाईसी लघुवित्त ६.८६, मल्टिपर्पज फाइनान्स ४.९३ प्रतिशतले घटेका छन्।
.gif)

.png)

