नेपालले सिक्काबाट ‘चुच्चे नक्सा’ हटाउने निर्णय गरेको भन्दै भारतीय मिडियाले लेखे : ‘झुका नेपाल’
काठमाडौं : नेपाल सरकारले १ रुपैयाँको सिक्कामा रहेको नेपालको नक्सा हटाएर मुस्ताङको घार गुम्बा राख्ने निर्णय गरेको भन्दै भारतीय सञ्चारमाध्यमहरुले नेपाल झुकेको समाचार प्रकाशन गरेका छन् । भारतको चर्चित मिडियामध्ये एक आज तकले एक रुपैयाँको सिक्काबाट नक्सा हटाएर नेपाल झुकेसँगै अब लिम्पियाधुरा र लिपुलेक सीमा विवाद पनि सकिएको दाबी गरेको छ ।
आजतकले ‘झुका नेपाल’ शीर्षकमामा लेखेको छ, ‘नेपाल पछि हट्यो, नयाँ एक रुपैयाँको सिक्काबाट विवादित नक्सा हटाइने, लिम्पियाधुरा, कालापानी र लिपुलेक विवाद समाधानतर्फ । भारतलाई नेपालसँगको कूटनीतिक मोर्चामा ठूलो सफलता हात परेको छ । नेपालले आफ्नो राजनीतिक नक्सामा समावेश गरेको विवादित भूमि लिपुलेक, लिम्पियाधुरा र कालपानी नेपाली सिक्कामा हुनेछैन ।’
नेपाल राष्ट्र बैंकले एक रूपैयाँको सिक्कामा नेपालको नक्सा हटाएर मुस्ताङको घार गुम्बा कुद्न प्रस्तावसहित सिक्काको स्वरुप स्वीकृतिको प्रस्ताव मन्त्रिपरिषद्समक्ष गरेको थियो । घार गुम्बा नेपालको सबैभन्दा पुरानो गुम्बा रहेकाले त्यसलाई सिक्कामा राख्ने प्रस्ताव राष्ट्र बैंकको थियो । त्यो गुम्बा अमेरिकी सहयोगमा बनेको हुँदा नयाँ सरकारले बढी महत्त्व दिएको केहीको तर्क छ भने केहीले लिम्पियाधुरा–लिपलेकसहितको नक्सा सिक्काबाट हटाएर आफ्नो भारतले मिचेको आफ्नो जमिन दाबीको मुद्दा कमजोर बनाइएको आरोप लगाएका छन् ।
.gif)

.png)

