माइतीघरमा लघुवित्त पीडितले सुरु गरे आमरण


२०८३ श्रावण १२ मंगलबार १२:२० बजे
फाइल तस्बिर

काठमाडौं : लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित एक समूहले आफ्ना माग कार्यान्वयनको दबाब दिन काठमाडौंको माइतीघर मण्डलामा सामूहिक आमरण अनशन सुरु गरेको घोषणा गरेको छ।

यसअघि लघुवित्त पीडितका अर्काे समूहले सरकारसँग वार्ता गरी आन्दोलन स्थगित गरेको थियो। तर, सोमबारदेखि अर्को समूहले सरकारले पीडितका माग सम्बोधन नगरेको भन्दै आमरण अनशन सुरु गरेको हो।

संघर्ष समितिका अनुसार ग्रामीण तथा सहरी क्षेत्रका विपन्न नागरिक, किसान र मजदुर चर्को ब्याज, चक्रवृद्धि (कम्पाउन्ड) ब्याज, धितो लिलामी तथा गैरकानुनी असुलीको मारमा पर्दै आएका छन्।

सरकारसँग भएका सहमतिहरू कार्यान्वयन नभएकाले बाध्य भएर आमरण अनशनमा बस्नुपरेको समितिको भनाइ छ। संघर्ष समितिले आफ्ना मागहरू राज्यले औपचारिक रूपमा सम्बोधन नगरेसम्म आमरण अनशनसहितका आन्दोलनका कार्यक्रम निरन्तर जारी रहने चेतावनी दिएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७