कान्तिपुरको गेटमा भेटिएको शंकास्पद गाडी, रास्वपा नेता जयसवालको गाडी भएको पुष्टि


२०८३ असार २९ सोमबार १६:२३ बजे

काठमाडौँ :  सोमबार बिहान कान्तिपुर पब्लिकेसन्सको गेटमा शंकास्पद रूपमा छाडिएको बा ०१–०३४ च ८४८० नम्बरको गाडी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता रवि जयसवालले प्रयोग गर्ने गरेको खुलेको छ। उक्त गाडी सानिमा बैंकको नाममा दर्ता रहेको भए पनि केही समययता रविले प्रयोग गर्दै आएका थिए।

रवि रौतहटस्थित गरुडा नगरपालिकाका प्रमुख कन्थमणि प्रसाद कलवार (जयसवाल) का छोरा हुन्। मेयर कन्थमणिले करिब एक महिनाअघि मात्रै उक्त गाडी खरिद गरिएको र अहिलेसम्म नामसारी (पास) हुन बाँकी रहेको पुष्टि गरे। मेयर कन्थमणिले भने, ‘उक्त गाडी मेरो छोरा रविले चढ्ने गरेको थियो। अहिलेसम्म बैंककै नाममा छ।’ उनले गाडी कहिले छोरा आफैँले त कहिले चालकले चलाउने गरेको जानकारी दिए।

जयसवाललाई रास्वपाका तत्कालीन महामन्त्री भूपदेव शाहले गत जेठ ८ गते केन्द्रीय अनुसन्धान तथा अभिलेखीकरण विभागको सदस्यमा मनोनीत गरेका थिए।

नेपाल पत्रकार महासंघले यस घटनालाई निन्दनीय र रहस्यमय भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासंघका महासचिव रामप्रसाद दाहालले एक विज्ञप्ति जारी गर्दै सञ्चारगृह र पत्रकारको सुरक्षाको ग्यारेन्टी गर्न र घटनाको तत्काल छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न माग गरेका छन्।

अनलाइनखबरमा बा १२ च ८५४५ नम्बरको गाडी, हिमालय टिभीमा बा २ च १२५५ नम्बरको गाडी र कान्तिपुर मिडिया ग्रुपको गेटमा बा प्रदेश–०१ ०३४ च ८४८० नम्बरको गाडी पार्क गरेर चालक भागेका थिए । 

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७