प्रचार सामग्री हटाएपछि छुटे टिकटकर रतन कार्की
काठमाडौँ : मौन अवधिको 'भिडियो डिलेट' गरेपछि चितवन प्रहरी नियन्त्रणमा रहेका टिकटकर रतन कार्की छुटेका छन् ।
मौन अवधिको समयमा कार्कीले पोष्ट गरेको भिडियोका कारण चितवन प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो।
चितवन प्रहरीले सोधपुछपछि मौन अवधिमा पोष्ट गरिएको सबै भिडियो र अन्य राजनीतिक प्रचार सामग्री सामाजिक सञ्जालबाट हटाउन लगाएको थियो ।
चितवन प्रहरीले यस प्रकारको गतिविधि निषेध गरिएको जानकारी दिएको छ ।
.gif)

.png)

