काठमाडौंमा २४ घण्टामै ६४१ चालक कारबाहीमा, तीव्र गतिमा चलाउने धेरै
मापसेमा ८०, तीव्र गतिमा चलाउने १४२ चालक
काठमाडौं : काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने ६४१ जना सवारी चालक कारबाहीमा परेका छन्। तीमध्ये सबैभन्दा धेरै तीव्र गतिमा सवारी चलाउने चालक रहेका छन्। ट्राफिक प्रहरीले आइतबार बिहानसम्म उपत्यकाका विभिन्न स्थानमा सञ्चालन गरेको जाँचका क्रममा तीव्र गतिमा सवारी चलाउने १४२ जना चालकलाई कारबाही गरेको जनाएको छ।
त्यस्तै, मादक पदार्थ सेवन गरी सवारी चलाउने ८० जना, सिसिटिभीमार्फत ७७ जना तथा रातोबत्ती उल्लंघन गर्ने २८ जना चालक कारबाहीमा परेका छन्। हर्न निषेध क्षेत्रमा हर्न बजाउने १८ जना, लेन क्रस गर्ने दुई जना, अवस्था ठीक नभएको २५ वटा सवारीका चालक तथा एकतर्फी सडकमा सवारी चलाउने चार जनालाई पनि कारबाही गरिएको छ।
अन्य विभिन्न ट्राफिक नियम उल्लंघन गर्ने २६५ जना चालकलाई समेत कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
.gif)

.png)

