प्रधानमन्त्री बालेनको आह्वान, ‘भिजिट चितवन’
चितवन : प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले चितवन भ्रमणका लागि आह्वान गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा सहभागी हुन चितवन पुगेका प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत यस्तो आह्वान गरेका हुन्।
उनले बुधबार बिहान श्रीमती सविना र छोरीसहितको फोटो फेसबुकमा पोष्ट गर्दै भनेका छन्– ‘भिजिट चितवन, न्यानो ठाउँ’ । मौसम पूर्वानुमानका अनुसार आज चितवनको तापक्रम २६ देखि ३६ डिग्री सेल्सियसको हाराहारीमा रहने छ।
पछिल्लो तीन दिनदेखि चितवनको लटौलीस्थित सेञ्चुरी रिसोर्टमा रहेका प्रधानमन्त्री शाहसँगै रास्वपा सभापति रवि लामिछाने पनि सोही स्थानमा छन्। महाधिवेशनस्थलबाट करिब १५ किलोमिटर टाढा रहेको यस रिसोर्टमा उनीहरूले तीनवटा भीभीआईपी कोठा प्रयोग गरिरहेका छन्।
.gif)

.png)

