संयुक्त राष्ट्रसंघको महासचिवको दौडमा दुई महिला अगाडि, ८० वर्षे इतिहास बदलिने संकेत

राष्ट्रसंघको पहिलो महिला प्रमुख बन्ने दौडमा बिर्केट अगाडि


२०८३ भदौ ७ आइतबार ०८:१५ बजे

काठमाडौं : संयुक्त राष्ट्रसंघको ८० वर्षे इतिहासमा पहिलोपटक महिला महासचिव बन्ने सम्भावना बलियो देखिएको छ। वर्तमानमा महासचिव पदको दौडमा रहेका आठ उम्मेदवारमध्ये पाँच जना महिला छन्। महासचिव पदका लागि भएको दोस्रो चरणको अनौपचारिक मतदानमा गुयानाकी क्यारोलिन रोड्रिग्स बिर्केट अग्रस्थानमा रहेकी छन्। कोस्टा रिकाकी रेबेका ग्रिन्स्पान दोस्रो स्थानमा छिन्। दोस्रो मतदानमा बिर्केटले आठ ‘प्रोत्साहन’ मत पाएकी छन् भने ग्रिन्स्पानले सात मत प्राप्त गरेकी छन्।

यसअघि जुलाई ३० मा भएको पहिलो अनौपचारिक मतदानमा भने ग्रिन्स्पान अग्रस्थानमा थिइन्। त्यस मतदानमा उनले १० ‘प्रोत्साहन’ मत पाएकी थिइन् भने बिर्केटले नौ मत प्राप्त गरेकी थिइन्। हालका महासचिव एन्टोनियो गुटेरेसको दोस्रो पाँचवर्षे कार्यकाल आगामी डिसेम्बर ३१ मा सकिँदै छ। त्यसपछि नयाँ महासचिव चयन गरी जनवरी १, २०२७ देखि कार्यभार सम्हाल्नेछन्।

सुरक्षा परिषद्ले विभिन्न चरणमा अनौपचारिक मतदान गर्दै उम्मेदवारको समर्थन परीक्षण गरिरहेको छ। अन्तिम चरणमा सुरक्षा परिषद्का पाँच स्थायी सदस्यमध्ये कुनै एकले पनि उम्मेदवारलाई भिटो गर्न सक्ने भएकाले प्रारम्भिक मतदानमा अग्रस्थानमा रहनु मात्र पर्याप्त हुने छैन।

दोस्रो अनौपचारिक मतदानपछि दुई महिला उम्मेदवार अग्रपंक्तिमा देखिएसँगै संयुक्त राष्ट्रसंघले आफ्नो इतिहासमा पहिलो महिला प्रमुख पाउने सम्भावना थप बलियो बनेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७