सुनको मूल्यमा निरन्तर उछाल, प्रतितोला ३ लाख १९ हजार ५ सय पुग्यो

सुनको मूल्य बढ्ने क्रम जारी, आइतबार प्रतितोला २८ सयले बढ्यो


२०८३ भदौ ७ आइतबार १२:५५ बजे

काठमाडौं : नेपाली बजारमा सुनको मूल्य बढ्ने क्रम आइतबार पनि जारी रहेको छ। साताको पहिलो कारोबार दिन छापावाल सुनको मूल्य प्रतितोला २ हजार ८ सय रुपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार शुक्रबार प्रतितोला ३ लाख १६ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आइतबार बढेर ३ लाख १९ हजार ५ सय रुपैयाँ पुगेको हो। शुक्रबार मात्रै सुनको मूल्य प्रतितोला ३ हजार ३ सय रुपैयाँले बढेको थियो।

यससँगै पछिल्ला दुई कारोबार दिनमा मात्रै सुनको मूल्य प्रतितोला ६ हजार १ सय रुपैयाँले महँगिएको छ। यता, चाँदीको मूल्य भने आइतबार घटेको छ। महासंघका अनुसार चाँदी प्रतितोला १० रुपैयाँले घटेर ४ हजार ९७५ रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदीको मूल्य प्रतितोला ४ हजार ९८५ रुपैयाँ थियो।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७