रास्वपाको महाधिवेशनले सांसद र मन्त्रीहरू चितवनमै रोकिएपछि पर धकेलियो संसद् बैठक

१२ गतेका लागि नयाँ मिति तय


२०८३ असार १० बुधबार १५:०४ बजे

काठमाडौँ :  संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक विशेष सूचना टाँस गरेर पुनः स्थगित गरिएको छ। संघीय संसद् सचिवालयले भोलि बिहान ११ बजेका लागि पूर्वनिर्धारित गरिएको बैठक विशेष कारणवश स्थगित भएको औपचारिक जानकारी गराएको हो।

संसद्का महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी गरिएको सूचना अनुसार, अब प्रतिनिधिसभाको अर्को बैठक आगामी १२ गते दिउँसो १ बजे बस्ने तय भएको छ।

यसअघि सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को राष्ट्रिय महाधिवेशनलाई मध्यनजर गर्दै संसद् बैठक ६ दिनका लागि पर सारिएको थियो। तर, चितवनमा जारी रास्वपाको महाधिवेशन पूर्वनिर्धारित समयभन्दा लम्बिएपछि संसद् सचिवालयले पुनः सूचना जारी गर्दै बैठक आगामी शुक्रवार (१२ गते) सम्मका लागि सार्नुपरेको हो।

रास्वपाको महाधिवेशनका कारण हाल सिंगो मन्त्रिपरिषद्सहित सो पार्टीका तर्फबाट संसद्मा प्रतिनिधित्व गर्ने सांसदहरू चितवनमै व्यस्त रहेका छन्। सरकारका महत्त्वपूर्ण मन्त्रीहरू र सत्तारुढ दलकै सांसदहरू राजधानीबाहिर रहेका कारण संसद्को नियमित कार्यसूची प्रभावित हुन पुगेपछि संसद् सचिवालयले बैठक स्थगित गर्ने निर्णय लिएको बुझिएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७