रौतहटमा शंकास्पद वस्तु फेला परेपछि सेना परिचालन


२०८२ फाल्गुण १९ मंगलबार ०८:२३ बजे
सांकेतिक तस्बिर

रौतहटः रौतहटको चन्द्रपुर नगरपालिका ५ राजपेडामा सोमबार शंकास्पद वस्तु फेला परेपछि स्थानीयमा त्रास फैलिएको छ । आज बिहान स्थानीय बासिन्दाले सडक छेउमा शंकास्पद बस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय चन्द्रपुरबाट प्रहरी टोली घटनास्थलमा पुगेर उक्त क्षेत्रलाई सुरक्षित बनाएको छ । अहिले नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खटिएको छ । नारायण दल गणबाट खटिएको सेनाको डिस्पोजल टोलीले शंकास्पद वस्तुको जाँच तथा निस्क्रिय पार्ने तयारी गरेको छ ।

सोमबार पनि रौतहटको राजपुर नगरपालिका ६ मा शंकास्पद वस्तु फेला परेपछि नेपाली सेनाले डिस्पोज गरेको थियो ।

नारायण दल गुल्मले रौतहटका चारवटै निर्वाचन क्षेत्रमा १-१ वटा बम डिस्पोजल तथा गौर चन्द्रपुर सडक क्षेत्रका लागि छुट्टै एक टोली परिचालन गरेको सेनाले जनाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७