त्रिपुरेश्वरमा भेटियो शंकास्पद वस्तु


२०८१ फाल्गुण ६ मंगलबार १०:०३ बजे

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वर बस स्टप नजिकै शंकास्पद वस्तु फेला परेको छ । कम्बलले बेरिएको अवस्थामा शंकास्पदा बस्तु देखिएपछि अहिले  उक्त स्थानमा नेपाली सेना र नेपाल प्रहरीको टोली परिचालन गरिएको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसएसपी अपिल बोहोराले शंकास्पद वस्तु भएको सूचना पाएपछि अनुसन्धानका लागि टोली खटाइएको जानकारी दिए । उनले भने, ‘कम्बलले बेरेको अवस्थामा केही शंकास्पद वस्तु छ भन्ने खबर प्राप्त भएकाले हामी बुझ्दैछौं ।’ हाल घटनास्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । सुरक्षाका कारण त्रिपुरेश्वर क्षेत्रको सडकमा आवागमन प्रभावित भएको छ भने एम्बुलेन्सहरू पनि उक्त स्थानतर्फ गइरहेका छन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७