गोपालमान श्रेष्ठको निधनपछि कांग्रेसको आकस्मिक केन्द्रीय समिति बैठक


२०८३ श्रावण १२ मंगलबार १६:३१ बजे

काठमाडौं :  नेपाली कांग्रेसले वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनपछि केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ। कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक बुधबार बिहान ८ः३० बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेछ।

बैठकमा काठमाडौं उपत्यकामा उपलब्ध केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि निर्देशनात्मक अनुरोध गरिएको छ।

बैठकले वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनप्रति शोक प्रस्ताव पारित गर्नुका साथै श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको कांग्रेसले जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७