धनुषामा शंकास्पद वस्तु बिस्फोट हुँदा दुई बालबालिका घाइते


२०८२ फाल्गुण १९ मंगलबार १६:१० बजे

काठमाडौँ : मधेश प्रदेश अन्तर्गत धनुषाको मिथिला नगरपालिका–९ बडहरीस्थित पूर्व–पश्चिम लोकमार्गको बडहरी पुलमा शंकास्पद वस्तु पड्किँदा दुई बालबालिका घाइते भएका छन्।

मिथिला नगरपालिका–८ जमुनिवास बस्ने टेकबहादुर भुजेलकी १५ वर्षीया छोरी आशा भुजेलको दायाँ र बायाँ खुट्टामा सामान्य चोट लागेको छ। स्थायी घर गुल्मी भई हाल मामा रिठबहादुर मगरको घरमा बस्दै आएका ८ वर्षीय सुशील माझीको हात, खुट्टा र छातीमा सामान्य चोट लागेको छ। दुवै बालबालिकाको स्थानीय मेडिकल, जमुनिवासमा उपचार भइरहेको छ।

पुलमा केही वस्तु राखिएको अवस्थामा, हिँड्ने क्रममा खुट्टाले त्यसलाई ठोक्दा पड्किएको बताइएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी गणेशबहादुर बमले प्रारम्भिक अनुसन्धानका क्रममा पड्किएको वस्तु ‘पटका जस्तो’ देखिएको बताए। उनले  भने, 'अहिलेसम्मको अवस्थाले हेर्दा पटका जस्तो देखिन्छ, तर यकिनका लागि थप अनुसन्धान भइरहेको छ।'

प्रहरीले उक्त वस्तु पुलमा कसरी र किन राखिएको थियो भन्ने विषयमा अनुसन्धान गरिरहेको जनाएको छ।

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७