झापामा शंकास्पद वस्तु फेला, बम भएको आशंका


२०८२ पौष १९ शनिबार १०:०६ बजे

झापा : झापाको कनकाई नगरपालिका–४ स्थित कनकाई माई पुल नजिक शंकास्पद वस्तु फेला परेको छ ।

शनिबार बिहान कालो झोलामा प्रेसर कुकर राखिएको र त्यहाँबाट तार निकालिएको अवस्थामा पूर्वपश्चिम राजमार्गको पूर्वपट्टि सो शंकास्पद वस्तु फेला परेको हो । 

घटनास्थलमा प्रहरी टोली पुगेर उक्त वस्तु भेटिएको स्थानलाई शिल गरेको छ । 

झापा प्रहरीका सूचना अधिकारी खगेन्द्र खड्काले सो शंकास्पद वस्तु निष्क्रिय बनाउन सेनाको चाराआलीस्थित अरिदमन गणको डिस्पोजल टोलीलाई खबर गरिएको जानकारी दिए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७