हो, नेपालका प्रधानमन्त्रीलाई भारत भ्रमणको निम्ता पठाइएको छ : प्रवक्ता रन्धिर जैसवाल
काठमाडौं : भारतीय सरकारले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई भारत भ्रमणका लागि निमन्त्रणा पठाएको जनाएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रन्धिर जैसवालले मंगलबार नियमित पत्रकार सम्मेलनमा नेपालका प्रधानमन्त्रीलाई भारत भ्रमणको निम्ता पठाइएको जानकारी दिएका हुन्।
सञ्चारकर्मीले नेपालका प्रधानमन्त्रीलाई भारत भ्रमणका लागि निमन्त्रणा दिइएको हो कि होइन भन्ने प्रश्नमा प्रवक्ता जैसवालले भने, ‘हो, नेपालका प्रधानमन्त्रीलाई भारत भ्रमणको निम्ता पठाइएको छ।’
पत्रकार सम्मेलनमा नेपालबाट विशेष दूत भारत भ्रमणमा गएको विषयमा समेत प्रश्न गरिएको थियो। त्यसबारे भने आफूलाई जानकारी नभएको जैसवालले बताए।
.gif)

.png)

