कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन


२०८३ श्रावण १२ मंगलबार १५:३५ बजे

काठमाडौं :  नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ। कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार श्रेष्ठको मंगलबार निधन भएको हो। उनी केही समयदेखि ललितपुरको जावलाखेलस्थित हेलियस अस्पतालमा उपचाररत थिए।

श्रेष्ठको पार्थिव शरीरलाई बुधबार बिहान श्रद्धाञ्जलीका लागि नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा राखिनेछ। त्यसपछि शवयात्रासहित पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने तयारी गरिएको कांग्रेसले जनाएको छ।

कांग्रेसले हालै पार्टीमा पुर्‍याएको योगदानको कदर गर्दै श्रेष्ठलाई वरिष्ठ नेताको जिम्मेवारी दिएको थियो। उनी विगत एक वर्षदेखि क्यान्सरबाट पीडित थिए र भारत तथा नेपालका विभिन्न अस्पतालमा उपचार गराइरहेका थिए।

श्रेष्ठ गत पुसमा सम्पन्न कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्रमा पनि सहभागी भएका थिए। स्याङ्जाबाट पटक–पटक प्रतिनिधिसभा सदस्य निर्वाचित श्रेष्ठले भौतिक योजना, वन, उद्योग तथा शिक्षामन्त्रीको जिम्मेवारी सम्हालेका थिए। राजनीतिक जीवनका क्रममा उनले विभिन्न समयमा गरी करिब पाँच वर्ष जेल जीवन पनि बिताएका थिए।

उनी नेपाली कांग्रेस प्रजातान्त्रिकको कार्यवाहक सभापतिको जिम्मेवारीसमेत सम्हालिसकेका थिए।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७