ट्रेड युनियनमा लागेका कर्मचारीलाई निर्वाचनमा नखटाइने


२०८२ पौष २४ बिहीबार १५:२६ बजे

काठमाडौँ : निर्वाचन आयोगले राष्ट्रिय स्तरका ट्रेड युनियनमा आबद्ध कर्मचारीलाई आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा नखटाउने निर्णय गरेको छ।

आयोगका अनुसार निजामती कर्मचारी, शिक्षक तथा अन्य सरकारी संघ-संस्थासँग सम्बन्धित राष्ट्रिय स्तरका ट्रेड युनियनका संघ, प्रदेश र जिल्ला कार्यसमितिका पदाधिकारीहरू फागुन २१ गते हुने निर्वाचनमा खटाइने छैनन् ।

त्यसैगरी, यदि कुनै कर्मचारीको नजिकको नातेदार उम्मेदवार भएमा, उक्त निर्वाचन क्षेत्रमा त्यस कर्मचारीलाई पनि खटाइने छैन ।

निर्वाचन आयोगले जारी गरेको ‘प्रतिनिधि सभा सदस्य निर्वाचन जनशक्ति व्यवस्थापन निर्देशिका, २०८२’ अनुसार यो व्यवस्था लागू गरिएको हो । यसअनुसार कार्यालयको सुरक्षार्थ खटिएका सुरक्षा गार्ड, पाले पहरा बस्ने कर्मचारी, स्वास्थ्य सेवा, विद्युत्, टेलिफोन, बैंक, खानेपानी जस्ता अत्यावश्यक सेवा दिने निकायका कर्मचारीहरूलाई वैकल्पिक व्यवस्था नभई निर्वाचन कार्यमा खटाइने छैन ।

निर्वाचन आयोग ऐन, २०७४ को दफा ८० को अधिकार प्रयोग गरी निर्देशिका तयार गरिएको आयोगले जनाएको छ।

आयोगका एक अधिकारीका अनुसार निर्देशिकाको प्रभावकारी कार्यान्वयनले निर्वाचनमा हुनसक्ने धाँधली र कर्मचारीको राजनीतिक प्रभाव कम गर्दै आम मतदाताको विश्वास जित्न सहयोग पुग्नेछ । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७