एमालेको आग्रहपछि सडक विस्तार रोकियो, नागढुंगा-मलेखु सडक दुई दिन खुला
काठमाडौँ : सरकारले एमाले महाधिवेशनलाई ध्यानमा राखेर नागढुंगा-मलेखु सडकखण्ड विस्तार कार्य दुई दिनका लागि रोक्ने निर्णय गरेको छ । मंसिर २६ र २७ गते राजमार्ग पूर्ण रूपमा सञ्चालन हुने भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङको सचिवालयले जनाएको छ ।
यसअघि राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबे नेतृत्वको टोलीले मन्त्री घिसिङलाई भेटेर राजमार्ग निरन्तर सञ्चालन गर्न आग्रह गरेको थियो । सोही अनुरोधअनुसार दुई दिन सडक विस्तार रोक्ने निर्णय भएको हो ।
सडक विभागले यो मार्ग आजदेखि एक साताका लागि आंशिक बन्द गर्दै विस्तार सुरु गरेको थियो । सडक कालोपत्र र स्तरोन्नतिको गति बढाउन आयोजनाले १ पुससम्म दैनिक ५ घण्टा बाटो बन्द गर्ने व्यवस्था गरेको छ ।
नागढुंगादेखि पिप्लामोड र पोखरे भिर क्षेत्रसम्म बिहान १०:३० देखि अपराह्न ३:३० बजेसम्म सडक बन्द गरिँदै काम तीव्र बनाइँदै आएको छ।
.gif)

.png)

