एसीसी यू-१९ प्रिमियर कपको उपाधि यूएईलाई, नेपाल एसिया कपमा छनोट


२०८२ मङ्सिर १५ सोमबार १८:३३ बजे

काठमाडौँ : संयुक्त अरब इमिरेट्स (यूएई) मा सम्पन्न एसीसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटको उपाधि जित्न नेपाल चुकेको छ । नेपाललाई २७ रनले पराजित गरेर आयोजक यूएईले उपाधि चुमेको हो ।

फाइनलमा यूएईले दिएको १४८ रनको लक्ष्य पछ्याएको नेपाल ३३ दशमलव २ ओभरमा १२० रनमा समेटियो । नेपालका लागि कप्तान अशोक धामीले सर्वाधिक ३४, आशिष लुहार र रोशन विश्वकर्माले समान २५/२५ रनको योगदान गरे पनि जिताउन सकेनन् । यूएईका युग जै शर्मा र अली असगर शम्सले तीन/तीन विकेट हात पारे ।

यसअघि अजमानस्थित करवान मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको आयोजक यूएई ४५ दशमलव ५ ओभरमा १४७ रनमा अलआउट भयो । जसमा अहमद खुदादादले सर्वाधिक ७१ रन जोडे । नेपालका दयानन्द मण्डलले ६, अपराजित पौडेलले दुई, कप्तान अशोक धामी र नितेसकुमार पटेलले एक/एक विकेट लिए ।

यसैबीच नेपाल र यूएई एसिया कप खेल्नका लागि भने यसअघि नै छनोट भइसकेका छन् । प्रतियोगिताको फाइनलमा पुग्ने दुवै टोली सिँधै एसिया कपमा छनोट हुने प्रावधान थियो । यु–१९ एसिया कप आगामी डिसेम्बरमा युएईमै हुँदै छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७