सन्दीप लामिछाने नेपाली क्रिकेटका नयाँ कप्तान

लामिछाने बने नेपालको एकदिवसीय टोलीका कप्तान


२०८३ श्रावण २५ सोमबार १८:३४ बजे

काठमाडौं :   नेपाल क्रिकेट संघ (क्यान)ले स्पिनर सन्दीप लामिछानेलाई नेपाली एकदिवसीय क्रिकेट टोलीको नयाँ कप्तान नियुक्त गरेको छ।आगामी अगस्ट ३० देखि मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कपबाट लागू हुने गरी सन्दीपलाई कप्तानको जिम्मेवारी दिइएको हो।

क्यानले सन्दीपको कप्तानीमा १४ सदस्यीय टोलीसमेत घोषणा गरेको छ। टोलीमा सन्दीप लामिछाने (कप्तान), आसिफ शेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, बसिर अहमद, ईशान पाण्डे, गुलशन झा, शेर मल्ल, ललित राजवंशी, करण केसी र हेमन्त धामी रहेका छन्।

प्रतियोगितामा १० टोलीको सहभागिता रहनेछ। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। नेपाल रहेको समूहमा साउदी अरेबिया, मलेसिया, बहराइन र हङकङ छन्। अर्को समूहमा यूएई, ओमान, सिंगापुर, कुवेत र कतार रहेका छन्।

नेपालले प्रतियोगितामा आफ्नो पहिलो खेल सेप्टेम्बर १ मा साउदी अरेबियासँग खेल्नेछ। समूह चरणको दोस्रो खेलमा नेपालले सेप्टेम्बर ३ मा बहराइन, तेस्रो खेलमा सेप्टेम्बर ५ मा मलेसिया र चौथो खेलमा सेप्टेम्बर ७ मा हङकङसँग प्रतिस्पर्धा गर्नेछ।

समूह चरणमा शीर्ष दुई स्थानमा रहने टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। प्रतियोगितामा शीर्ष तीन स्थान हासिल गर्ने टोली सन् २०२७ मा बंगलादेशमा आयोजना हुने एकदिवसीय एसिया कपका लागि छनोट हुनेछन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७