एक्सट्रिम इनर्जी ड्रिंक विराट एक्स्पो २०२६ को मुख्य प्रायोजक
विराटनगर । आगामी पुस २ देखि ११ गतेसम्म विराटनगरमा आयोजना हुने विराट एक्स्पो २०२६ को मुख्य प्रायोजकमा एक्सट्रिम इनर्जी ड्रिंक बनेको छ। विराट एक्स्पोको नवौँ संस्करणका लागि आयोजक मोरङ उद्योग व्यापार संघ र एक्सट्रिम इनर्जी ड्रिंकबीच मुख्य प्रायोजनसम्बन्धी औपचारिक सम्झौता सम्पन्न भएको हो।
मोरङ उद्योग व्यापार संघले करिब तीन दशकदेखि आयोजना गर्दै आएको विराट एक्स्पो नेपालको महत्वपूर्ण औद्योगिक तथा व्यापारिक प्रदर्शनीमध्ये एक हो। यस वर्षको एक्स्पोमा उद्यम, व्यापार तथा नयाँ व्यावसायिक सम्भावनालाई एउटै मञ्चमा जोड्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ।
मुख्य प्रायोजनमार्फत एक्सट्रिम इनर्जी ड्रिंकले ऊर्जा र उद्यमशीलतालाई जोड्ने अभियानलाई अघि बढाउने जनाएको छ। कम्पनीले ऊर्जा केवल गति दिने शक्ति मात्र नभई नयाँ सोचलाई अवसर र अवसरलाई उद्यममा बदल्ने प्रेरणाका रूपमा समेत प्रस्तुत गरेको छ।
विराटनगरमा आयोजना हुने एक्स्पोले औद्योगिक उत्पादन, व्यापार, उद्यम तथा नयाँ व्यावसायिक सम्भावनाको प्रवद्र्धनका लागि महत्वपूर्ण मञ्चका रूपमा काम गर्दै आएको छ। यस वर्षको एक्स्पोमा विभिन्न औद्योगिक तथा व्यावसायिक उत्पादन, सेवा र उद्यमशीलतासँग सम्बन्धित गतिविधि प्रस्तुत गरिने आयोजकले जनाएको छ।
.gif)

.png)

