उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रहार, जापानमा आपत्कालीन चेतावनी


२०८३ असोज ४ आइतबार १८:४४ बजे

काठमाडौं । उत्तर कोरियाले संदिग्ध ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको भन्दै जापानको प्रधानमन्त्री कार्यालयले आपत्कालीन सूचना जारी गरेको छ। जापानी प्रधानमन्त्री कार्यालयले आइतबार सामाजिक सञ्जाल एक्समार्फत क्षेप्यास्त्र प्रहार भएको जानकारी दिँदै घटनासम्बन्धी थप विवरण संकलन भइरहेको जनाएको हो।

घटनापछि जापानकी प्रधानमन्त्री सानाए ताकाइचीले सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिएकी छन्। प्रधानमन्त्री कार्यालयका अनुसार घटनासँग सम्बन्धित सूचना संकलन तथा विश्लेषणका लागि उपलब्ध सबै क्षमता प्रयोग गर्न र सर्वसाधारणलाई समयमै आवश्यक जानकारी उपलब्ध गराउन निर्देशन दिइएको छ।

यस्तै, विमान, पानीजहाज तथा अन्य सम्पत्तिको सुरक्षा सुनिश्चित गर्न र सम्भावित आकस्मिक अवस्थाका लागि आवश्यक तयारीसहित सबै सम्भावित सावधानी अपनाउन पनि निर्देशन दिइएको छ। अमेरिका, दक्षिण कोरिया र जापानबीच सैन्य अभ्यास सम्पन्न भएको केही दिनपछि उत्तर कोरियाबाट क्षेप्यास्त्र प्रहार भएको हो।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७