सिमरा तनावग्रस्त : आज पनि कर्फ्यु
काठमाडौँ : बाराको सिमरामा बिहीबार पुनः कर्फ्यु आदेश लागू गरिएको छ । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले दिउँसो १ बजेदेखि बेलुका ८ बजेसम्मका लागि कर्फ्यु लागू गर्ने निर्णय गरेका हुन् ।
सिमरा विमानस्थल क्षेत्र तथा जीतपुर-सिमरा आसपासमा परिस्थिति थप जटिल नबनियोस् भन्ने उद्देश्यले कर्फ्यु जारी गरिएको आदेशमा उल्लेख छ । कर्फ्यु अवधिभर कुनै पनि भेला, जुलुस, प्रदर्शन, सभा वा बैठक गर्न नपाइने व्यवस्था राखिएको छ ।
बिहीबार ‘जेनजी’ समूहका युवा सडकमा उत्रिएपछि प्रशासनले फेरि कर्फ्यु लगाएको हो । यसअघि बुधबार पनि सोही समयमा कर्फ्यु लागू गरिएको थियो।
बुधबार नेकपा (एमाले)का कार्यकर्ता र जेनजीबीच झडप भएपछि सिमरा क्षेत्र निरन्तर तनावग्रस्त बनेको छ।

.gif)

.png)

