सर्वोच्च अदालतले माग्यो दीपक भट्टलाई थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन


२०८३ श्रावण ११ सोमबार १४:०७ बजे

काठमाडाैं : सर्वोच्च अदालतले व्यवसायी दीपक भट्टलाई पुर्पक्षका लागि थुनामा पठाउने विशेष अदालतको आदेशको कैफियत प्रतिवेदन माग गरेको छ। न्यायाधीश विनोद शर्माको इजलासले सोमबार भट्टको निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै विशेष अदालतबाट उक्त प्रतिवेदन माग गर्ने आदेश दिएको हो।

सम्पत्ति शुद्धीकरण कसुरमा विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि भट्ट ७३ नं. निवेदन लिएर सर्वोच्च पुगेका थिए। उनले विशेष अदालतको आदेश बदर गरी आफूलाई थुनाबाहिरै राखेर मुद्दा लड्न पाउनुपर्ने माग गरेका छन्। त्यस्तै, भट्टले बैंकिङ कसुरसम्बन्धी आदेशसमेत बदर गर्न माग गरेका छन्। उक्त विषयमा पनि सर्वोच्चले कैफियत प्रतिवेदन माग गर्ने आदेश दिएको छ।

सम्पत्ति शुद्धीकरण विभागले भट्टलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो। विभाग र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनीविरुद्ध सम्पत्ति शुद्धीकरण, बैंकिङ कसुर, धितोपत्रसम्बन्धी कसुर र बिमा सम्बन्धी कसुरमा कारबाही माग गरेको छ। अन्य मुद्दामा धरौटीमा रिहा गर्न आदेश भए पनि सम्पत्ति शुद्धीकरण कसुरमा थुनामा पठाउने आदेश भएपछि भट्ट हाल कारागारमा छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७