क्रिकेटमा नेपालको नयाँ कीर्तिमान : नेपालले जित्यो टेस्ट राष्ट्रमाथि पहिलो ऐतिहासिक सिरिज


२०८२ असोज १३ सोमबार २३:३१ बजे

काठमाडौं : दुई पटक टी-२० विश्वविजेता बनेको वेष्ट इन्डिजसँग नेपालले ऐतिहासिक सिरिज हात पारेको छ। सोमबार भएको दोस्रो टी–२० खेलमा सानदार जितसँगै नेपालले ऐतिहासिक जित हात पारेको हो। 

वेष्ट इन्डिजविरुद्ध नेपालले ९० रनको जित हात पारेको हो। पहिलो खेल नेपालले १९ रनले जितेको हो। टेष्ट खेल्ने देशविरुद्ध नेपालले पहिलोपटक सिरिज जितेको हो। 

मोहम्मद आदिल आलमले ४ विकेट लिए। आदिलले आफ्नो स्पेलमा मात्र २४ रन खर्चे। कुशल भुर्तेलले २ विकेट लिए। दीपेन्द्रसिंह ऐरी, करण केसी र ललित राजवंशीको नाममा समान एक विकेट रह्यो। 

यूएईको शारजहाँस्थित शारजहाँ क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७३ रन बनाएको थियो ।

आसिफ र सन्दीपले चौथो विकेटमा ६६ बलमा १ सय रनको साझेदारी गरेपछि नेपालले वेस्टइन्डिजविरुद्ध राम्रो स्कोर बनाउन सफल भयो । ओपनर कुशल भूर्तेल २ र कप्तान रोहित पौडेल ३ रनमै आउट भए । कुशल मल्ल ९ बलमा ७ रन बनाई नन स्ट्राइक इन्डमा रनआउट भएपछि आसिफ र सन्दीपको जोडी जमेको थियो ।

आसिफले आठौं र सन्दीपले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा आफ्नो चौथो अर्धशतक बनाएका हुन् । सन्दीपले ३९ बल खेली ३ चौका र ५ छक्का प्रहार गर्दै ६३ रन बनाए । आसिफ ४७ बल खेली ८ चौका र २ छक्का प्रहार गरी ६८ रनमा अविजित रहे ।

गुलशन झा १ छक्का प्रहार गरी ६ रनमा आउट भए । आदिल अलाम समान १ चौका र छक्का प्रहार गरी ११ रनमा आउट भए । नेपालले अन्तिम ५ ओभरमा ६५ रन जोडेको थियो । वेस्टइन्डिजका कप्तान अकेल हुसैनले ४ ओभरमा २१ र कायल मायर्सले २ ओभरमा २६ रन खर्चेर २–२ विकेट लिए । जेडिह ब्लेड्सका नाममा १ विकेट रह्यो ।

 

 

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७