गण्डकीका मुख्यमन्त्रीको निवासमा फेरि आगजनी


२०८२ असोज १२ आइतबार १५:२९ बजे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सरकारी निवासमा पुनः आगजनी भएको छ। गए राति करिब साढे २ बजे अज्ञात समूहले शहीदचोकस्थित सो भवनमा आगो लगाएका हुन्।

उक्त भवन यसअघि भदौ २४ गते जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा परेको थियो। त्यसपछिको अवस्था मूल्याङ्कन गर्न प्रदेश सरकारले एक प्राविधिक समिति गठन गरेको थियो। समितिको प्रतिवेदन अनुसार भवन मर्मतपछि प्रयोग गर्न सकिने ठहर भएको थियो, र सरकार त्यसको मर्मतको तयारीमा थियो। तर मर्मत सुरु हुनुअघि नै भवनमा पुनः आगजनी भएको हो।

पहिलेको आगजनीमा भवनको एउटा कोठामा भने कम क्षति पुगेको थियो । सोही कोठामा जल्न बाँकी भएका सामानहरू राखिएको थियो ।

'त्यो निवासमा एउटामात्र कोठा बाँकी थियो । त्यही सग्लो कोठामा खाट, कार्पेट र जल्न बाँकी सामानहरू राखिएको थियो । त्यही आन्दोलन सम्बद्ध समूहले नै जलाएको हो कि भन्ने आशंका छ,' मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका एक अधिकृतले जानकारी दिए । आगजनीपछि मुख्यमन्त्री पाण्डे प्रमुख सचिवको निवासमा बस्दै आएका छन् ।

जेनजी प्रदर्शनको आगजनीमा परेका गण्डकी प्रदेशमा १२ वटा कार्यालय प्रयोग गर्नै नमिल्ने गरी ध्वस्त बनेका छन् । ४८ भवनमा क्षति पुगेको छ । सरकारले उक्त आन्दोलनका कारण प्रदेशका संरचनामा मात्रै दुई अर्बको क्षति पुगेको निष्कर्ष निकालेको छ ।

 

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७