हनुमानढोकामा गोरखाबाट भित्र्याइयो फूलपाती


२०८२ असोज १३ सोमबार १८:३० बजे

काठमाडौँ : दशैँको अवसरमा आज हनुमानढोका दरबारको दशैँघरमा गोरखाबाट विशेष विधिपूर्वक फूलपाती भित्र्याइएको छ । परम्परागत संस्कारअनुसार गोरखाबाट धादिङको जीवनपुरसम्म दशैँघरका पूजारीसहित मगर समुदायका छ जनाले फूलपाती ल्याएका थिए भने जीवनपुरदेखि काठमाडौंको जमलसम्म ब्राह्मण समुदायका छ जनाले फूलपाती बोकेका थिए ।

जमलबाट हनुमानढोका दरबारसम्मको यात्रामा फूलपातीलाई विशेष लावालस्करसहित अगाडि बढाइएको थियो। यसमा निजामती सेवाका उच्चपदस्थ अधिकारीहरू, नेपाली सेनाको गुर्जुको पल्टन, ब्यान्डबाजा, पञ्चेबाजा र विभिन्न सांस्कृतिक नाचगान समूहहरूको सहभागिता रहेको थियो ।

यस वर्षको फूलपाती समारोहमा शार्दूलजङ्ग गुल्म, नागार्जुनबाट आएको सशस्त्र प्रहरीको समूह र मंगल धुन प्रस्तुत गर्ने मङ्गलिनी समूहले समेत सहभागिता जनाएका थिए ।

फूलपातीलाई नासलचोकमा पूजा गरी मूलचोकमा बलिसहित विशेष पूजापछि दशैँघरमा भित्र्याइएको हो ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७