तुइन खोलाको पहिरो पन्छाएपछि खुल्यो मुग्लिन–नारायणगढ सडक खण्ड

चितवन : तुइन खोला पुलनजिक खसेको ठूलो पहिरो पन्छाएपछि मुग्लिन–नारायणगढ सडक खण्ड दुईतर्फी सञ्चालनमा आएको छ।
आज बिहान ७ बजेतिर खसेको सानो पहिरो पन्छाएर बाटो खुलाइए पनि दिउँसो साढे १२ बजेतिर ठूलो पहिरो खसेपछि दुईतर्फी सडक बन्द भएको थियो । पहिरो पन्छाउन ३ वटा उपकरण प्रयोग गरिएको थियो । तर पहिरो झरिरहेको थियो ।
चाडपर्वको समयमा घर फर्किँदै गरेका यात्रुहरू पहिरोका कारण सडकमा अलपत्र परेका थिए । अहिले भने सवारी साधनहरू सुचारु भइसकेका छन् र यात्रुहरू गन्तव्यतर्फ प्रस्थान गरिरहेका छन् ।
लामो समय सडक बन्द हुँदा ट्राफिक चाप पनि बढेको छ। अधिकारीहरूले आवश्यक सावधानी अपनाएर यात्रा गर्न आग्रह गरेका छन्।