प्रहरीको हत्या आरोपमा अर्को व्यक्ति पक्राउ

काठमाडौँ : जेनजी आन्दोलनको क्रममा प्रहरी वृत्त महाराजगञ्जका प्रहरी सहायक निरीक्षक मिलन रायको हत्या आरोपमा एक जना पक्राउ परेका छन् ।
आन्दोलनकारीलाई उक्साएर लाठीले हानेर असई मिलनको हत्या गराएको आरोपमा सिन्धुपाल्चोकका ओम पौडेललाई पक्राउ गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
यसअघि काभ्रेपलान्चोकका २६ वर्षीय युवराज क्यापछाकी पक्राउ परेका थिए । दुवै जनालाई जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखेर कर्तव्य ज्यानको कसुरमा अनुसन्धान भइरहेको प्रहरी परिसरले जनाएको छ ।
आन्दोलनका क्रममा ३ जना प्रहरीको हत्या भएको थियो । ती मध्ये २ जना महाराजगन्ज वृत्तका प्रहरी हुन् । महाराजगन्ज वृत्तमा असई मिलन राम र लाई आन्दोलनकारीले कुटपिट गरेर हत्या गरेका थिए।
अरू २२ जनालाई भित्रै थुनेर आगो लगाइदिए पनि नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको थियो । प्रहरीले सामाजिक सञ्जाल र सिसिटिभी फुटेजबाट संलग्नहरूको पहिचान गरिसकेको छ । उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।