नेपालमा आन्दोलन, पोल्याण्डमा उजुरी

काठमाडौँ : नेपालमा भिषण हिंसात्मक घटनामा उक्साएको भन्दै पोल्याण्डका उजुरी परेको छ ।
पोल्याण्ड बस्ने एक नेपाली युवतीले टिकटकमार्फत् हिंसा उक्साउने प्रयास गरेको आरोप लगाउँदै उजुरी दर्ता गरिएको हो । आफूलाई टिकटकर बताउने ती युवतीले पोल्यान्डबाट फेसबुक र टिकटकबाट सबै नेतालाई मार, सरकारको कार्यालय जलाइदेऊ भन्दै भिडियो पोस्ट गरेपछि ती भिडियो भाइरल भएको थियो ।
सार्वजनिक रूपमा हिंसा उक्साएको भन्दै बर्लिनस्थित नेपाली राजदूतावासमार्फत् पोल्यान्ड सरकारसमक्ष उजुरी परेको हो ।
उजुरीमा आरोपितलाई नेपाल डिपोर्ट गरेर कानुनी कारबाही गर्नुपर्ने माग गरिएको छ। सुरक्षाका कारणले उजुरीकर्ताको नाम गोप्य राखिएको छ।