पहिलो महिला महान्यायाधिवक्ता बन्दै सविता भण्डारी


२०८२ भदौ २९ आइतबार १८:३४ बजे

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ अधिवक्ता सविता भण्डारी बराललाई महान्यायाधिवक्तामा नियुक्त गर्ने तयारी गरेकी छन् ।

प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति कार्यालयमा नाम सिफारिस गर्ने तयारी गरेकी बालुवाटार निकट स्रोतले जनाएको छ । 

आजैमात्रै महान्यायाधिवक्ता रमेश बडालले राजीनामा दिएपछि सविता भण्डारी बराललाई महान्यायाधिवक्ता बनाउनेगरी तयारी थालिएको हो ।

महान्यायाधिवक्ता नियुक्त भएमा सविता मुलुकको पहिलो महिला महान्यायाधिवक्ता हुनेछिन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७