प्रदर्शनकारीलाई उक्साएको आरोपमा वडाध्यक्ष पक्राउ

काठमाडौँ । सामाजिक सञ्जालमा स्टाटसमार्फत जेन–जी प्रदर्शनकारीलाई उक्साएको भन्दै पर्वतमा एक जना वडाध्यक्ष पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्वतले फलेबास नगरपालिका–४ का वडाध्यक्ष अच्युत तिवारीलाई आइतबार पक्राउ गरेको हो । ।
उनलाई वडा कार्यालयबाटै पक्राउ गरी विद्युत्तीय कारोबार ऐनअन्तर्गत प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
प्रदर्शनकारीलाई उग्र बनाउनुका साथै समाजमा घृण फैलाउने स्टाटस लेखेको कारण अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीको भनाइ छ ।