ओमप्रकाशलाई गृह, कुलमानलाई ऊर्जा र रामेश्वरलाई अर्थ


२०८२ भदौ २९ आइतबार २१:५४ बजे
काठमाडौं : प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी हुने तीन जना मन्त्रीको नाम टुंगो लागेको छ । पूर्वसचिव रामेश्वर खनाल, नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ र अधिवक्ता ओमप्रकाश अर्याल मन्त्री बन्ने निश्चित भएको छ। प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार, अर्थ मन्त्रालयमा रामेश्वर खनाल, गृहमन्त्रालयमा ओमप्रकाश अर्याल र ऊर्जा मन्त्रालयमा कुलमान घिसिङको नाम टुंगो लागेको हो । गृहमन्त्री अर्यालले कानुन मन्त्रालयको समेत जिम्मेवारी पाउने भएका छन् । त्यस्तै घिसिङलाई ऊर्जा, सिँचाइ र जलस्रोत, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासको जिम्मेवारी दिइएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७