कर्मचारीले दसैँ अगाडि तलब पाउने

काठमाडौँ : जेनजी प्रदर्शनको कारण केही दिन रोकिएको नेपाल सरकारको भुक्तानी प्रणाली सुचारु भएको छ । अब योसँगै कर्मचारीले दशैं अघि नै तलब र भत्ता पाउने भएका छन् ।
आइतबारदेखि राजस्व सङ्कलनको काम पनि सुचारु भएको छ । आन्दोलनबाट क्षति भएका राजश्व कार्यालयहरू मध्ये धेरैजसो भन्सार कार्यालयहरू सञ्चालनमा आएको बताए ।
अर्थ मन्त्रालय मातहत १४ वटा आन्तरिक राजस्व कार्यालय र ५ भन्सार कार्यालयमा जेनजी आन्दोलनकारीले तोडफोड गरेका थिए । चार आन्तरिक राजस्व कार्यालय र चार भन्सार कार्यालयमा भने आंशिक क्षति भएको मन्त्रालयले जनाएको छ ।