पोखरामा जेनजीको प्रदर्शन : प्रधानमन्त्रीविरूद्ध नारा

पोखरा । भ्रष्टाचार र बेथितीविरुद्ध स्वतःस्फुर्त आन्दोलनमा उत्रिएका जेनजीहरूले पोखरामा पनि प्रदर्शन गरेका छन् ।
पोखरा सभागृह अगाडि उनीहरूले ले भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरूद्ध प्रदर्शन गरेका हुन्। उनीहरूले भ्रष्टाचार विरोधी विभिन्न नारा लेखिएको प्लेकार्ड बोकेर प्रदर्शन गरिरहेका छन् ।
युवाहरूले प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध चर्का नाराबाजी पनि गरेका छन्।
‘मान्छे बेच्न पाइँदैन, भ्रष्टाचार मुर्दावाद, केपी ओली मुर्दावाद’ नारा लगाएका हुन्।
सामाजिक सञ्जाल बन्द हुँदा धेरैको व्यवसाय ठप्प हुनुका साथै रोजिरोटी गुमेको युवाहरूको भनाई छ ।
जेनजीहरूले काठमाडौं, बुटवल, दाङलगायत सहरहरूमा पनि प्रदर्शन गरेका छन् ।