नेकपा (एमाले) विधान महाधिवेशन

थापालाई फरक मत प्रस्तुत गर्न नदिएपछि ईश्वर पोखरेल सहित ४ उपाध्यक्षले गरे मञ्चमै प्रतिवाद 

विधान संशोधन प्रतिवेदनमा संगठन विभाग प्रमुखकै असन्तुष्टि


२०८२ भदौ २२ आइतबार ००:५७ बजे

काठमाडौं : पूर्व प्रतिबद्धता विपरित नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दोस्रो विधान महाधिवेशनमा स्थायी कमिटी सदस्य कर्ण थापालाई फरक मत प्रस्तुत गर्न नदिएपछि मञ्चमै प्रतिवाद गरेका छन् । विधान महाधिवेशन अघि बसेको सचिवालय बैठकमा स्थायी कमिटी थापालाई फरक मत राख्न दिने निर्णय भएको थियो ।

सचिवालयको निर्णय अनुसार नै बिहीबार विधान महाधिवेशन उद्घाटनकै क्रममा ओलीले पनि राजनीतिक, विधान संशोधन, संगठनात्मक र आयोगहरूका प्रतिवेदन पछि थापाको प्रतिवेदन प्रस्तुत हुने कार्यसूची पेश गरेका थिए ।

महाधिवेशनको कार्यतालिकामा उनलाई १० मिनेट बोल्न दिने उल्लेख थियो । तर शनिबार कार्यतालिकाबाट उनले बोल्ने समय हटाइयो । आफूले बोल्न पाउनुपर्ने माग गर्दै उनी आफ्नो सिटमा करिब ३० मिनेट उभिए पनि समय दिइएन । 

अध्यक्ष ओलीको पूर्व घोषणा र पार्टी सचिवालय बैठकको निर्णय बमोजिम आफूले फरक मत राख्न पाउनुपर्ने अडान सहित कर्ण थापा भने हलमा एकोहोरो उभिए । 

एक पदाधिकारीका अनुसार थापालाई बोल्न नदिएपछि बरिष्ठ उपाध्यक्ष अनुसार ईश्वर पोखरेल, रामबहादुर थापा ‘बादल’ युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले प्रतिवाद गरेका थिए ।  ‘सचिवालयमा भएको सहमति हो । कर्ण थापालाई किन रोक्नु भएको भनेर तीनै जनाले मञ्चबाट प्रतिवाद गर्नुभयो । तर केपी ओलीसँग माइक थियो, उहाँले दिनु भएन,’ एक पदाधिकारीले भने, ‘त्यसपछि उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले पनि यसरी कसरी पार्टी चल्छ ? भनेर प्रतिवादन गर्नुभयो ।’ 

विधान संशोधन प्रतिवेदनमा संगठन विभाग प्रमुखकै असन्तुष्टि

यता एमालेको विधान संशोधन प्रतिवेदनप्रति संगठन विभागका प्रमुखले नै असन्तुष्टि जनाएका छन् । समूहगत छलफलको क्रममा स्थायी समिति सदस्यसमेत रहेका संगठन विभाग प्रमुख काशिनाथ अधिकारीले मस्यौदाप्रति असहमति राखेका हुन् । उनले साधारण सदस्यसमेत थपिएकोमा असन्तुष्टि जनाएका हुन् । एमालेमा हाल संगठित सदस्य मात्र रहने व्यवस्था छ ।

उपाध्यक्ष विष्णु पौडेले विधान महाधिवेशनमा प्रस्तुत गरेको विधान संशोधन प्रतिवेदनमा संगठित र साधारण सदस्य रहने उल्लेख छ । विधान महाधिवेशनमा अध्यक्ष केपी ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रतिवेदन र महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन पेस गरेका थिए । उक्त प्रतिवेदनहरूमाथि प्रतिनिधिहरूले शनिबार समूहगत छलफल गरेका हुन् । 

बागमती प्रदेशको समूहगत छलफलमा अधिकारीले असन्तुष्टि राखेको एक विधान महाधिवेशन प्रतिनिधिले जानकारी दिए । अधिकारी स्थायी समिति सदस्यसमेत हुन् ।

स्थायी समिति बैठक नराखिएकाले अधिकारीले समूहगत छलफलकै क्रममा असन्तुष्टि जनाएका हुन् । विधान महाधिवेशनअघि प्रतिवेदनहरू पारित गर्न बोलाइएको केन्द्रीय समिति बैठकसमेत स्थगित भएको थियो ।

यौनजन्य आचरण सच्याउनुको सट्टा दम्भ देखिनु दुखद : एमाले अनुशासन आयोग 

 

एमाले अनुशासन आयोगले एमालेका नेताहरुले यौनजन्य आचरण सच्याउनुको सट्टा दम्भ देखाएको उल्लेख गरेको छ । ‘पार्टीभित्र र जनसंगठनमा यौनजन्य आचरणहरू समेत देखिन कतैकतै थालेका छन् । जनस्तरबाट नै प्रश्न उठिसकेपछि समेत आचरणहरूलाई सच्याउनुको सट्टा सार्वजनिकरूपमा दम्भ प्रकट भैरहनु दुखस्द कुरा हो,’ आयोगका अध्यक्ष बडालको प्रतिवेदनमा भनिएको छ ।

पार्टीमा सांगठनिक अराजकता चुनौतीकै रुपमा अघि बढेको प्रतिवेदनमा भनिएको छ । ‘…कतिपय नेताहरूबीच एकआपसमा परस्पर विश्वास नभएको अवस्था छ । कमिटीमा रहेकाहरूलाई कमिटीमा छु भन्ने अनुभूति नभएको समते देखिएको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘कतिपय जनप्रतिनिधिहरूले पार्टी कमिटीसँग समन्वय गर्ने चासो देखाएको पनि देखिँदैन । यो गम्भीर अवस्था हो ।’

यो पनि
विधान महाधिवेशनमा ओलीको निर्देशन अवज्ञा : छलफल प्रतिवेदनमा होइन भण्डारीमा केन्द्रीत

विधान महाधिवेशनमा ओलीको निर्देशन अवज्ञा : छलफल प्रतिवेदनमा होइन भण्डारीमा केन्द्रीत

एमाले विधान महाधिवेशन :  सूदुर पश्चिमको ४९ जना बोले, ४० जना विद्याको पक्षमा उभिए

एमाले विधान महाधिवेशन :  सूदुर पश्चिमको ४९ जना बोले, ४० जना विद्याको पक्षमा उभिए

ओलीले प्रस्तुत गर्न नदिएको कर्ण थापाको बहुचर्चित फरक मतको ९ बुँदा

ओलीले प्रस्तुत गर्न नदिएको कर्ण थापाको बहुचर्चित फरक मतको ९ बुँदा

ओलीको अगाडि थापा उभिरहे, ओलीले हेरिरहे

ओलीको अगाडि थापा उभिरहे, ओलीले हेरिरहे

ओलीले फरक मत प्रस्तुत गर्न नदिएपछि कर्ण थापाले ग्रुपमा बाँडे

ओलीले फरक मत प्रस्तुत गर्न नदिएपछि कर्ण थापाले ग्रुपमा बाँडे

महाधिवेशन प्रतिनिधिलाई विद्याको पत्र :  सत्य र न्यायको आवाजलाई जीवन्त बनाउनुहोला

महाधिवेशन प्रतिनिधिलाई विद्याको पत्र : सत्य र न्यायको आवाजलाई जीवन्त बनाउनुहोला

एमाले सचिवालयमा विद्या भण्डारीको पक्षमा बादल बोल्दा सन्नाटा

एमाले सचिवालयमा विद्या भण्डारीको पक्षमा बादल बोल्दा सन्नाटा

ईश्वरको फरक मत : विद्याको सदस्यता खारेज गर्ने स्वेच्छाचारी निर्णय सच्याइयोस् (पूर्णपाठ)

ईश्वरको फरक मत : विद्याको सदस्यता खारेज गर्ने स्वेच्छाचारी निर्णय सच्याइयोस् (पूर्णपाठ)

ओलीले फरक मत प्रस्तुत गर्न नदिएपछि कर्ण थापाले ग्रुपमा बाँडे

ओलीले फरक मत प्रस्तुत गर्न नदिएपछि कर्ण थापाले ग्रुपमा बाँडे

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७